Main News

काठमाडौंको फोहोर उठाउन नागरिक अभियन्ताहरु सक्रिय (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ भदौ १५ गते १६:४२
काठमाडौंको फोहोर उठाउन नागरिक अभियन्ताहरु सक्रिय (भिडियो रिपोर्टसहित)

१५ भदौ २०७८ काठमाडौं । नागरिक अभियन्ताहरु आफैंले काठमाडौंको फोहोर सिसडोल डम्पिङ साइटसम्म पुर्‍याउने अभियान थालेका छन् ।

सरकार र काठमाडौं महानगरपालिकाले झण्डै एक महिनादेखि काठमाडौं उपत्यकाको फोहोर उठाउन नसकेपछि सफाई अभियानमा लागेका नागरिक अभियन्ताले फोहोर सिसडोलस्थित डम्पिङ साइटसम्म पुर्‍याउन थालेका हुन् ।

नागरिक आफै सजग होऔं भन्ने अभियानका साथ फोहोर उठाउने काम शुरु गरिएको हो ।

सफाइ अभियानमा बागमती सफाई अभियान, रुद्रमती सफाई अभियान, महाराजगंज सफाई अभियानलगायतका संस्थाहरु सहभागी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *