Main News

ओखरपौवाका बासिन्दाको गुनासो–काठमाडौंको फोहोरले धेरै समस्या भयो (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ भदौ १४ गते १६:२८
ओखरपौवाका बासिन्दाको गुनासो–काठमाडौंको फोहोरले धेरै समस्या भयो (भिडियो रिपोर्टसहित)

१४ भदौ २०७८ काठमाडौं । सिसडोल ओखरपौवाका बासिन्दाले काठमाडौं महानगरपालिकाले फोहोर फालेकै कारण आफूहरुले धेरै समस्या भोग्नु परेको गुनासो गरेका छन् ।

२ वर्षका लागि मात्रै काठमाडौंको फोहोर विसर्जन गर्ने भनिएको सिसडोलमा १४ वर्षदेखि फालिँदै आएको छ । फोहोरको पानी चुहिएर खोलामा जाने र त्यही पानी गाईवस्तुलाई खुवाउनु पर्ने तथा बालीनालीमा लगाउनु पर्ने बाध्यताले विभिन्न रोग निस्किएको उनीहरुको गुनासो छ ।

सिसडोलका बासिन्दाले आफूहरुको ठाउँ व्यवस्थित गरेर अबदेखि नयाँ बनाइएको बञ्चरो डाँडाको ल्याण्डफिल साइटमा फोहोर फाल्न सुझाव दिएका छन् ।

काठमाडौं महानगरपालिकाका वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठले सिसडोलमा फोहोर फाल्न अब नसकिने भन्दै सबै निकायले छिटो भन्दा छिटो आफ्नो काम गरेर बञ्चरे डाँडामा फोहोर व्यवस्थापन गर्ने व्यवस्था मिलाउनु पर्ने बताउनुभयो ।

७५ सालमै तयार हुन्छ भनिकएको बञ्चरे डाँडा ल्यान्डफिल साइट अझै तयार भएको छैन । अहिले वर्षाले सिसडोलमा फोहोर लैजाने बाटो बिग्रिएको छ । जसका कारण काठमाडौं उपत्यकाको फोहोर उठ्न सकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *