Main News

चन्द्र ढकालले दिए धितोपत्र बोर्ड सदस्यबाट राजीनामा

हिमालय टिभी
२०७८ भदौ ९ गते १७:१७
चन्द्र ढकालले दिए धितोपत्र बोर्ड सदस्यबाट राजीनामा

९ भदौ २०७८ काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल धितोपत्र बोर्डको सदस्य पदबाट राजीनामा दिनुभएको छ ।

बुक बिल्डिङ्ग विधिबाट शेयर निष्काशन गर्न लागेको सर्वोत्तम सिमेन्टको शेयर बोर्डमा सदस्य हुँदाहुँदै पनि नियम विपरित किनेको आरोप लागेपछि उहाँले पदबाट राजीनामा दिनुभएको हो ।

ढकालको राजीनामासँगै अब महासंघको प्रतिनिधिका रुपमा बोर्डमा नयाँ सदस्य नियुक्त हुनेछन्।

यसअघि हिजो मात्र नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले पदबाट राजीनामा दिनुभएको थियो ।

नेप्सेका प्रमुख कार्यकारी अधिकृत साउद धितोपत्र बोर्डका अध्यक्ष भिष्म ढुंगाना र सदस्य ढकालका बारेमा अर्थमन्त्रालयले छानविनसमेत गरिरहेको छ ।

साउद र ढकालले राजीनामा दिए पनि बोर्ड अध्यक्ष ढुंगानाले भने अझै राजीनामा दिनुभएको छ । ढकालको राजीनामापछि ढुंगानालाई पनि अब राजीनामाको दबाब बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *