Main News

अफगानिस्तानको पछिल्लो अवस्थाबारे पाँच जना पूर्वराजदूतले गराए सरकारको ध्यानाकर्षण (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ भदौ ८ गते १५:२६
अफगानिस्तानको पछिल्लो अवस्थाबारे पाँच जना पूर्वराजदूतले गराए सरकारको ध्यानाकर्षण (भिडियो रिपोर्टसहित)

८ भदौ २०७८ काठमाडौं । अफगानिस्तानको पछिल्लो राजनीतिक अवस्थाबारे पाँचजना पूर्वराजदूतले नेपाल सरकारको ध्यानाकर्षण गराएका छन् ।

संयुक्त वक्तव्य निकालेर पूर्वराजदूतहरुले सार्कको अध्यक्षको हैसियतले नेपालले भूमिका खेल्न सक्ने भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।

अफगानिस्तानमा तालिबानको राजनीतिक अग्रसरता सार्क सदस्य राष्ट्रका लागि चासो र चिन्ताको विषय भन्दै पूर्व राजदूतले यो गम्भीर मोडमा सार्कको अध्यक्षको हैसियतमा नेपालले भूमिका बताएका छन ।

पूर्वराजदूतहरुमा हिरण्यलाल श्रेष्ठ, दीपकुमार उपाध्याय, दुर्गेशमान सिंह, सुरेश चालिसे र महेश मास्केले वक्तव्य निकालेर सरकारलाई अफगानिस्तानको राजनैतिक घटनाक्रमले उत्पन्न चुनौति सम्बोधन गर्न तुरुन्तै सरोकार वाला देशसँग वार्ताका लागि आवश्यक पहल गर्न आग्रह गर्नुभएको छ ।

अफगानिस्तानमा विकसित भैरहेको स्थितिले यस क्षेत्रको सामाजिक–आर्थिक, आप्रवासन र सुरक्षा मामलामा दूरगामी परिणाम पर्ने निश्चित रहेको पनि पूर्व राजदूतहरुको निष्कर्ष छ ।

तालिबानले मान्यता पाउनका लागि अन्तर्राष्ट्रिय समुदायलाई गरेको अपिल सत्तामा रहँदाको उनीहरुकै विगतको व्यवहार र वर्तमानमा देश छाड्न चाहने नागरिकप्रतिको दुर्व्यवहारका कारणले गर्दा संशयको घेराभित्र रहेको वक्तव्यमा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *