Main News

एमाले विभाजन हुनुमा तटस्थ भनिएका नेताहरुको ठुलो भूमिका रहेको संग्रौलाको आरोप

हिमालय टिभी
२०७८ भदौ ६ गते १३:१७
एमाले विभाजन हुनुमा तटस्थ भनिएका नेताहरुको ठुलो भूमिका रहेको संग्रौलाको आरोप

६ भदौ २०७८ काठमाडौं । वरिष्ठ अधिवक्ता डा युवराज संग्रौलाले एमाले विभाजन हुनुमा अहिले तटस्थ रहेका नेताहरूको पनि ठूलो भूमिका रहेको भन्दै अब एकतावादी देखिने नाटक बन्द गर्न सुझाव दिनु भएको छ ।

सामाजिक सञ्जाल फेरबुकमा स्टाटस लेख्दै संग्रौलाले एकताका नाममा मन्त्री, सांसद र पद सुरक्षा गर्ने बार्गेनिङ चलिरहेको भन्दै एमाले फुट्नुमा अहिले एकता पक्षमा रहेका ९ जना स्थायी कमिटी सदस्यको पनि भूमिका रहेको दावी गर्नु भएको हो ।

संग्रौलाले एकताको नाममा फेरि केपी ओलीलाई अल्टिमेटम दिइएको भन्दै अब यी नेताहरूको हैसियत जता गए पनि समस्या सिर्जना गर्ने र गुट बनाउने मात्र हुने टिप्पणी गर्नु भएको छ ।

उहाँले एमालेका दोस्रो तहका एकतावादी नेताहरूमा देश चलाउने हैसियत नरहेको र बुढा नेताको काँधमा बसेर मन्त्री हुने मात्र योग्यता देखिएको भन्दै देशको राजनीति अझै नगिजोल्न आग्रह गरेका छन् ।

झलनाथ खनाल प्रधानमन्त्री हुँदा महान्यायाधिवक्ता रहिसकेका संग्रौला पछिल्लो समय देशभक्तिपूर्ण अभियन्ताका रूपमा क्रियाशील हुनुहुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *