Main News
किन घट्यो जनै र क्वाँटीको व्यापार ? के भन्छन् व्यवसायी ? (भिडियो रिपोर्टसहित)
२०७८ भदौ ५ गते १६:३४
५ भदौ २०७८ काठमाडौं । जनै पूर्णिमाका दिनमा लगाइने जनै र खाइने क्वाटीको व्यापार घटेको व्यापारीले बताएका छन् ।
जनैपूर्णिमाको अघिल्लो दिन आज बिहान काठमाडौंको असन बजारमा टोलाएर बसेका व्यापारीले जनै र क्वाटीको व्यापार गत वर्ष भन्दा धेरै कम भएको बताएका छन् ।
जनैको व्यापार पनि कम भएको छ । कोहीकोही बुढाबुढीले जनै लगे पनि युवाले लगाउनै छाडिसकेकाले व्यापार घटेको व्यवसायीको अनुभव छ ।
जनै पूर्णिमालाई हिन्दूको विशेष पर्व मानिन्छ । तर कोरोनालगायतका कारण जनै र क्वाटीको व्यापार भने कम भएको छ ।
प्रतिक्रिया