काठमाडौं–तराई–मधेश द्रुतमार्गमा देखिएको मुआब्जा विवाद समाधान गर्न पहल

२५ साउन २०७८ काठमाडौं । संसदीय समितिले काठमाडौं–तराई–मधेश द्रुतमार्ग अन्तर्गत देखिएका जग्गाको मुआब्जा सम्बन्धी विवाद समाधान गर्न पहल थालेको छ ।
विकास तथा प्रविधि समिति मातहतको उपसमितिले खोकना–बुङमती क्षेत्रको स्थलगत अनुगमन गरेपछि त्यहाँ देखिएको जग्गाको मुआब्जासम्बन्धि विवाद छिट्टै समाधान गरिदिने आश्वासन पनि दिएको छ ।
स्थलगत अनुगमनका क्रममा आयोजनाका प्रमुख नेपाली सेनाका प्राविधिक सहायक रथी विकास पोखरेलले जग्गाको मुआब्जा विवादका कारण आयोजनाको प्रस्थान बिन्दुमा काम शुरु गर्न नसकिएको जानकारी गराउनुभयो ।
आयोजनाले हालसम्म १६ प्रतिशत काम सकेको छ । २०८१ साल पुस मसान्त भित्र सम्पन्न गरिसक्ने गरी यो राष्ट्रिय गौरवको आयोजनाको निर्माण कार्यको जिम्मेवारी नेपाली सेनालाई दिइएको छ ।
१ खर्ब ७५ अर्व लागत अनुमान गरिएको आयोजनाको कामलाई अघि बढाउन ललितपुरस्थित खोकना र बुङमतीको जग्गाको मुआब्जाको समस्या तत्काल समाधान हुन आवश्यक देखिएको छ ।
प्रतिक्रिया