Main News
साझा न्यूनतम कार्यक्रमले देशमा अराजकता सिर्जना गर्ने एमाले नेता कँडेलको दाबी (भिडियो रिपोर्टसहित)
२०७८ साउन २५ गते १७:५६
२५ साउन २०७८ काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष एवम नेकपा एमालेका नेता डाक्टर पुष्पराज कँडेलले सरकारको साझा न्यूनतम कार्यक्रम देशमा अराजकता सिर्जना गर्नेगरी आएको टिप्पणी गर्नुभएको छ ।
हिजो गठबन्धन सरकारले ल्याएको न्यूनतम साझा कार्यक्रमले विकास निर्माणका काममा राज्यको भूमिकालाई न्यूनिकरण गरेको कँडेलको आरोप छ । साझा न्यूनतम कार्यक्रममा संघीय सरकारप्रति पूर्वाग्रह राखिएको पनि कँडेलको आरोप छ ।
पूर्व उपाध्यक्ष कँडेलले आयोगको पन्ध्रौँ योजनामा टेकेर साझा न्यूनतम कार्यक्रम बनाइएको तर कतै पनि आयोगलाई जस नदिइएको गुनासो गर्नुभयो ।
कँडेलले साझा न्यूनतम कार्यक्रम विभिन्न किसिमका धार जोडेर बनाइएको संयुक्त दस्तावेज मात्रै भएको आरोप पनि लगाउनुभयो ।
प्रतिक्रिया