Main News

विपी प्रतिष्ठानको अनियमिततामा संलग्नमाथि कारवाही शुरु गर्ने स्वास्थ्य राज्यमन्त्री श्रेष्ठको प्रतिबद्धता (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन २२ गते १६:१२
विपी प्रतिष्ठानको अनियमिततामा संलग्नमाथि कारवाही शुरु गर्ने स्वास्थ्य राज्यमन्त्री श्रेष्ठको प्रतिबद्धता (भिडियो रिपोर्टसहित)

२२ साउन २०७८ काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको आर्थिक अनियमिततामा संलग्नमाथि कारवाही गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको आजको बैठकमा राज्यमन्त्री श्रेष्ठले सिनेट बैठक बोलाएर छानबिन समिति गठन गर्दै कारबाही प्रक्रिया अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले जन स्वास्थ्यजस्तो संवेदनशील विषयमा खेलबाड गर्नेमाथि कडा कारबाही गर्न सरकारले मन्त्रालयमा छुट्टै अनुगमन इकाई बनाउन लागेको जानकारी पनि दिनुभयो ।

समितिका अर्का सदस्य एवम् पूर्व शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रतिष्ठानका उपकूलपतिलाई दिइएको असिमित अधिकार तत्काल कटौति गर्न सरकारलाई सचेत गराउनुभयो ।

उहाँले समग्र प्रतिष्ठानमा भएका बेथितिको अन्त्यका लागि सरकारले विस्तृत ढंगले छानवीन गरी दोषीमाथि तत्काल कारवाही गर्न आग्रह गर्नुभयो ।

बैठकमा समितिका सदस्य एवम् पूर्व स्वास्थ्य तथा जनसंख्यामन्त्री खगराज अधिकारीले भ्रष्टहरुले स्वास्थ्य सेवा दिने संस्थामा समेत जरो गाडेर बस्दा पनि सरकार गम्भीर नभएको आरोप लगाउनुभयो ।

बैठकमा समिति सदस्यहरुले सार्वजनिक सेवा प्रवाहको क्षेत्रलाई चुस्त दुरुस्त बनाउन ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *