Main News

तुइन प्रकरण छानबिन गर्न गठित समितिको टोली दार्चुला जाँदै

हिमालय टिभी
२०७८ साउन १८ गते १३:२१
तुइन प्रकरण छानबिन गर्न गठित समितिको टोली दार्चुला जाँदै

१८ साउन २०७८ काठमाडौं । भारतीय सुरक्षाकर्मीले तुइनको डोरी फुकाइदिंदा नेपाली युवा महाकाली नदीमा बेपत्ता भएको घटनाबारे अनुसन्धनका लागि गृहमन्त्रालयको टोली आज दार्चुला जाँदैछ ।

दार्चुलाको व्यास नगरपालिका–२ का जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएको घटनाबारे अनुसन्धान गर्न गृहमन्त्रालयले गठन गरेको छानबिन टोली आज दार्चुला जान लागेको हो ।

छानबिन समितिका संयोजक एवम् गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम नेतृत्वको टोली आज कैलालीको धनगढी पुग्ने र भोलि घटनास्थनमा दार्चुला प्रस्थान गर्न लागेको हो ।

टोली आज काठमाडौंबाट हवाईजहाजमार्फत् कैलालीको धनगढी गएर भोलि घटनास्थल पुग्ने छ । धनगढीबाट भोलि बिहान हेलिकप्टर चढेर दार्चुला जाने कार्यक्रम छ ।

छानविन समितिको सदस्यसमेत रहेकी दार्चुलाकी सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशीले काठमाडौंको टोली आइपुगेपछि प्रत्यक्षदर्शीसँग पनि छलफल गरिने जानकारी दिनुभयो ।

भारततर्फको बाटो हुँदै सदरमुकाम खलंगा आउने क्रममा तुइन तरिरहेका ३३ वर्षीय धामी तुइनको तारसँगै महाकाली नदीमा खसेर बेपत्ता भएका छन् । सो घटनाबारे सत्य तथ्य छानबिन गरी १० दिनभित्र प्रतिवेदन पेश गर्न गृहमन्त्री बालकृष्ण खाँणले पाँच सदस्यीय समिति गठन गर्नुभएको छ ।

सहसचिव गौतमको संयोजकत्वमा गठित छानबिन समितिमा नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरीका बरिष्ठ उपरीक्षक सुरेश कुमार श्रेष्ठ र जिल्ला प्रशासन कार्यालय, दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *