Main News

असोज अन्त्यसम्म कोरोनाविरुद्धको दुई करोड मात्रा खोप सुनिश्चित भइसकेको सरकारको दाबी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन १८ गते १३:०८
असोज अन्त्यसम्म कोरोनाविरुद्धको दुई करोड मात्रा खोप सुनिश्चित भइसकेको सरकारको दाबी (भिडियो रिपोर्टसहित)

१८ साउन २०७८ काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असोज अन्त्यसम्म कोरोना भाइरसविरुद्धको दुई करोड मात्रा खोप सुनिश्चित भएको जनाएको छ ।

स्वास्थ्य मन्त्रालयले आज पत्रकार सम्मेलन गरेर असोज मसान्तभित्र दुई करोड मात्रा खोप नेपाल आइपुग्ने जनाएको हो । राज्यमन्त्री उमेश श्रेष्ठले असोज अन्त्यसम्म कोरोना भाइरसविरुद्धको खोपको दुई करोड मात्रा सुनिश्चित भएको दाबी गर्नुभएको छ ।

१ करोड ५० लाख डोज खोपको खरिद सम्झौता भइसकेको भन्दै मन्त्री श्रेष्ठले असोज मसान्तसम्म २ करोड डोज खोप नेपाल आउने बताउनुभयो ।

राज्यमन्त्री श्रेष्ठका अनुसार ४० लाख डोज मोडर्ना , ५० लाख डोज जोनसन, ४० लाख फाइजर र २० लाख डोज एस्ट्राजेनेका खोपको खरिद प्रक्रिया अघि बढाइएको छ ।

कोभ्याक्सबाट १ करोड १३ लाख खोप आउने मन्त्री श्रेष्ठको भनाइ छ । कोभ्याक्सकै लागतमा १ करोड ५० लाख खोप ल्याउने तयारी अन्तरगत ४० लाख डोज खोपको भुक्तानी भइसकेको पनि राज्यमन्त्री श्रेष्ठले जानकारि दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *