संसदीय समितिमा भएको वादविवादलाई जातीय रुप दिने ओली समूहको प्रयास (भिडियो रिपोर्टसहित)
१२ साउन २०७८ काठमाडौं । नेकपा एमालेको ओली समूहले साउन १० गते प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा भएको विवादलाई जातीय रुप दिने कोशिस गरेको छ ।
एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र ओली समूहका सांसद नारदमुनि रानाबीच भएको विवादलाई जातीय रुप दिने कोशिस गर्दै प्रतिनिधिसभा बैठकमा उठाएको हो ।
प्रतिनिधिसभाको शून्य समयमा एमाले सांसद गंगा चौधरी सत्गौंवाले नारदमुनि रानालाई गरिएको व्यवहार थारु समुदायको अपमान भन्दै आइन्दा त्यसो भए सैह्य नहुने चेतावनी दिनुभयो ।
सांसद चौधरीले समितिको बैठकमा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल सहितका सांसदले अधिनायकवादी शैली देखाएको टिप्पणी गर्नुभयो । समितिमा सबैको हैसियत समान हो भन्दै चौधरीले रानामाथि गरिएको व्यवहारको विरोध गर्नुभयो ।
अदालतको आदेशबाट नयाँ सरकार र संसद आएको भन्दै वरिष्ठ नेता नेपाल माथि कटाक्ष गर्दै सांसद रानाले संसद विघटनको जिम्मेवारी नेपालले लिनुपर्ने बताएपछि समितिमा विवाद भएको थियो ।
र, त्यसपछि एमाले वरिष्ठ नेता नेपाल र नेपाल पक्षीय सांसद दीपकप्रकाश भट्टले रानालाई प्रतिगमनको मतियार भन्दै बैठकबाट निस्केर जान भन्नुभएको थियो । त्यो विषयलाई लिएर अहिले आरोप प्रत्यारोप भैरहेको छ ।
प्रतिक्रिया