Main News

उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री नियुक्त

हिमालय टिभी
२०७८ साउन १० गते १६:०७
उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री नियुक्त

१० साउन २०७८ काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त हुनु भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले श्रेष्ठलाई राज्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी भने प्रधानमन्त्री देउवा आफैँले राख्नुभएको छ । श्रेष्ठको नियुक्तिसँगै मन्त्रिपरिषद ६ सदस्यीय भएको छ ।

गठबन्धनमा रहेका दलले सरकारमा पठाउने व्यक्ति छनौट गर्न नसकेपछि प्रधानमन्त्रीले देउवाले मन्त्रिपरिषद विस्तार गर्न सक्नुभएको छैन । कोरोना महामारी नियन्त्रणमा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी बढी हुने भएकाले देउवाले तत्काल काम चलाउन श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाउनु भएको हो ।

मुलुक कोरोना संकटबाट जुधिरहेका बेला स्वास्थ्यमन्त्री नियुक्त नभएपछि प्रधानमन्त्रीमाथि छिटो नियुक्तिको लागि दबाव परेको थियो । तर प्रधानमन्त्रीले श्रेष्ठलाई राज्यमन्त्री मात्रै बनाउनुभएको छ ।

नवनियुक्त स्वास्थ्यमन्त्री श्रेष्ठको अहिले केहीबेरमा सिंहदरबारमा सपथ कार्यक्रम राखिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

नेपाली कांग्रेसका समानुपातिक सांसद श्रेष्ठ लिटिल एन्जल्स स्कूलका सञ्चालक हुनुहुन्छ । प्याब्सनका पूर्व अध्यक्ष श्रेष्ठको जग्गा, बैंक र होटल क्षेत्रमा पनि लगानी छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *