Main News

अबदेखि कोरोनाविरुद्धको खोप लगाउन अनलाइन फारम अनिवार्य

हिमालय टिभी
२०७८ साउन १० गते ७:३५
अबदेखि कोरोनाविरुद्धको खोप लगाउन अनलाइन फारम अनिवार्य

१० साउन २०७८ काठमाडौं । स्वास्थ्य कार्यालयले अबदेखि कोरोनाविरुद्धको खोप लगाउन अनलाइन फारम अनिवार्य गरेको छ।

काठमाडौं उपत्यकासहित देशैभर कोरोनाविरुद्धको खोप लगाउन अनलाइन फारम अनिवार्य गरिएको स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काले जानकारी दिनुभयो ।

अबदेखि १८ वर्षदेखि ५० वर्ष उमेर समूहका नागरिकले विद्युतीय अनलाइन दर्ता नम्बर ल्याए मात्र कोरोनाको खोप लगाउन पाउने उहाँको भनाइ छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको साउन १ गतेको पत्रअनुसार यस्तो निर्णय भएको खड्काले बताउनुभयो। सो उमेर समूहका नागरिकलाई नाम दर्ता गराउनसमेत स्वास्थ्य कार्यालयले आग्रह गरेको छ।

यसअघि कोरोनाविरुद्ध खोपका लागि अनलाइन दर्ता गर्नेका लागि छिट्टै सूचना गरेर खोप दिन शुरु गरिने भएको छ ।

यसअघि फ्रन्ट लाइनर बाहेक ५० वर्षभन्दा माथिका नागरिकले खोप लगाउन पाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *