Main News

लामो दूरीका सवारी साधनमा पालना भएन स्वास्थ्य मापदण्ड (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन ९ गते २०:३१
लामो दूरीका सवारी साधनमा  पालना भएन स्वास्थ्य मापदण्ड (भिडियो रिपोर्टसहित)

९ साउन २०७८ धादिङ । लामो तथा मध्यम दूरीका सवारी साधन आजदेखि चल्न शुरु गरेका छन् । जिल्ला प्रशासन कार्यालयले स्वास्थ्य मापदण्ड पालना गरेर सवारी साधन सञ्चालन गर्न भनेपछि काठमाडौंबाट छुट्ने तथा भित्रिने गाडी चल्न थालेका छन् । तर कार्यान्वयन भने फितलो देखिएको छ ।

देशभर लामो तथा छोटो दुरीका सवारी साधन सञ्चालनमा आएका छन् । संघीय राजधानी रहेको काठमाडौं जिल्ला प्रशासन कार्यालयले स्वास्थ्य मापदण्ड अपनाएर लामो तथा मध्यम दूरीका सवारी साधन सञ्चालन गर्न दिने निर्णय गरेसँगै यातायात व्यवसायीले आ आफ्ना सवारी साधन सञ्चालनमा ल्याएका हुन् ।

घोषित रुपमा लामो तथा मध्यम दुरीका सवारी साधन अहिले सञ्चालनमा आए पनि यसअघि नै विभिन्न बाहनामा भाडाका सवारी साधन चल्दै आएका थिए ।

सरकारले अनिवार्य स्वास्थ्य मापदण्ड पालना गर्न भनेपनि यात्रुहरुले नै मापदण्डको पालना गर्न अटेर गर्ने गरेको पाइएको छ । कोरोना भाइरसको जोखिम न्यूनिकरणका लागि माक्स लगाउनु अनिवार्य छ तर यात्रुहरुले नै माक्स लगाउँदैनन् । माक्स नलगाउने यात्रुका आफ्नै बाध्यता छन् ।

सामाजिक दूरी कायम गर्न व्यवहारिक नहुँने भएकाले यात्रा अवधिभर यात्रुले माक्स लगाउनु, सेनिटाइज गर्नु नै कोरोनाबाट बच्ने उत्तम उपाय हुन सक्छ । तर यात्रुहरुले मास्क नै प्रयो ग गर्दैनन् ।

चालक तथा सहचालकले फेससिल्ड, ग्लोब्स र माक्स अनिवार्य लगाउनुपर्ने स्वास्थ्य मापदण्डमा उल्लेख छ । तर चालक र सहचालकले पनि यो मापदण्डको पालना गरेको पाइँदैन् ।

चालक, सहचालक र यात्रुले स्वास्थ्य मापदण्डको पालना गरे नगरेको राजमार्ग र नाकाहरुमा खटिने सुरक्षाकर्मी र ट्राफिक प्रहरीले कडाइका साथ चेक गर्नुपर्ने हो । तर प्रहरीको चेकिङ्ग पनि फितलो देखिएको छ । जस्को कारण लापरवाही देखिन्छ । चालक, सहचालक र यात्रुहरुलाई स्वास्थ्य मापदण्ड पालना गर्न लगाउँदा लगाउन आफैं पनि हैरान परेको प्रहरीको गुनासो छ ।

निषेधाज्ञाका कारण दैनिक जीवनयापन असहज भएपछि जिल्ला प्रशासन कार्यालयहरुले निषेधाज्ञा खुकुलो बनाउँदै लगेका छन् । दैनिक जीवनयापन सहज होस भनेर नै निषेधाज्ञा खुकुलो पारिएको हो । तर कोरोना संक्रमणको दर हेर्ने हो भने जोखिम घटेको छैन बरु बढिरहेको छ । त्यसैले लापरबाही नगरी स्वास्थ्य मापदण्ड सबैले पालना गर्नुपर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *