राजनीति

नेम्वाङलाई प्रधानमन्त्री देउवाको प्रश्न : संविधानमा धारा ७६ को उपधारा ५ किन राखेको ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन ८ गते १८:१२
नेम्वाङलाई प्रधानमन्त्री देउवाको प्रश्न : संविधानमा धारा ७६ को उपधारा ५ किन राखेको ? (भिडियो रिपोर्टसहित)

८ साउन २०७८ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानको धारा ७६ को उपधारा ५ किन राखेको भनेर संविधान सभाका तत्कालीन अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई प्रश्न सोध्नुभएको छ ।

प्रतिनिधिसभा बैठकमा एमाले संसदीय दलको उपनेता नेम्वाङले सर्वोच्च अदालतको फैसलाबारे गलत बोलेको भन्दै प्रधानमन्त्री देउवाले प्रश्न सोध्नुभएको हो । प्रधानमन्त्रीलाई अनेकौं प्रश्न सोधेका नेम्वाङ जवाफ नै नसुनी बैठकबाट बाहिरिएकोमा पनि देउवाले असन्तुष्टि व्यक्त गर्नुभयो ।

संविधानको धारा ७६ को उपधारा ५ किन राखेको भनेर धेरै जान्ने मान्छे नेम्वाङ भन्दै प्रधानमन्त्री देउवाले अहिले गलत व्याख्या गरिरहेको टिप्पणी गर्नुभयो ।

संविधानको धारा ७६ को उपधारा ५ अनुसार राष्ट्रपतिले आह्वान गरेपछि बहुमत पुर्‍याएर दाबी गर्दासमेत प्रधानमन्त्रीमा नियुक्ति नगरिएको पनि देउवाले असन्तुष्टि व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री देउवालाई बधाई दिने क्रममा नेम्वाङले जनादेश नपाएको परमादेशबाट प्रधानमन्त्री बनेको र आफ्नालाई ह्वीप लगाएर अरुलाइ लाग्दैन भनेको भन्दै आलोचना गर्नुभएको थियो । प्रधानमन्त्री देउवाले त्यसैको जवाफ दिनुभएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्