Main News

जब यातायात व्यावसायी र मजदुर सडकमा उत्रिए…(भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन ७ गते २०:१८
जब यातायात व्यावसायी र मजदुर सडकमा उत्रिए…(भिडियो रिपोर्टसहित)

७ साउन २०७८ काठमाडौं । आज विहान अत्यावस्यक कामका लागि निस्किएका सर्वसाधारणले सार्वजनिक यातायातका साधन पाएनन् । उता काठमाडौंको चक्रपथमा भने सवारी साधनको बाक्लो जाम थियो । सात बुँदे माग राख्दै दुई साता अघि देखि विरोधमा रहेका यातायात व्यावसायी र मजदुर सडकमा उत्रिँदा संघीय राजधानीका सडक ठप्प भए ।

वैज्ञानिक भाडा समायोजन, कोरोनाविरुद्धको खोप, २० वर्षे अवधि बढाउनुपर्ने जस्ता माग राख्दै सार्वजनिक यातायात व्यावसायीले आ–आफ्नो सवारी साधन लिएर सडकमा उत्रिएपछि संघीय राजधानी केही समय ठप्प जस्तै भयो ।

उपत्यकाका विभिन्न स्थानबाट निस्किएका सबै प्रकारका सार्वजनिक यातायात व्यावसायीले सरकारले आफ्नो माग नसुनेपछि सडकमा उत्रिनु परेको बताए ।

सरकारले पछिल्लो पटक २०६९ मा वैज्ञानिक भाडा समायोजन गरेको थियो । सवारीमा प्रयोग हुने इन्धन, पाटपुर्जा, गाडीको मुल्य, सडकको अवस्था, श्रमिकको पारिश्रमिक लगायत सबै पक्षलाई ध्यानमा राखेर भाडा समायोजन गरिएको थियो ।

तर, ९ वर्षको अन्तरालमा महँगीले आकाश छोइसकेको छ । इन्धनको मुल्य पनि धेरै नै बढेको छ । त्यसमाथि कोरोना महामारीका कारण लामो समय आफ्नो सवारी थन्क्याउनु पर्दा व्यावसायी मारमा परेका छन् ।

सार्वजनिक सवारी व्यावसायीले सात बुँदे माग राखेर १८ दिनदेखि सरकारको ध्यानाकर्षण गराउने प्रयास गरेका छन् । यस क्रममा उनीहरुले यातायात व्यवस्था विभागमा धर्ना समेत दिए ।

आ–आफ्नो गाडीमा पम्प्लेट टाँसेर पनि चलाए । तर पनि माग पूरा भएन । त्यसैले उनीहरुले र्याली निकालेर सरकारलाई सुनाउने प्रयास गरेका छन् । अझै पनि सरकारले नसुनेमा सिंहदरबार घेराउ गर्ने चेतावनी पनि व्यावसायीको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *