राजनीति

माओवादी केन्द्रले बोलायो केन्द्रीय कमिटी बैठक, न्युनतम साझा कार्यक्रम तय गर्न आव्हान (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन ६ गते १८:२३
माओवादी केन्द्रले बोलायो केन्द्रीय कमिटी बैठक, न्युनतम साझा कार्यक्रम तय गर्न आव्हान (भिडियो रिपोर्टसहित)

६ साउन २०७८ काठमाडौं । नेकपा(माओवादी केन्द्र)ले गठबन्धनका राजनीतिक पार्टीहरुका बीचमा न्यूनतम साझा कार्यक्रम छिटोभन्दा छिटो तय गर्न आव्हान गरेको छ ।

माओवादी केन्द्रको आज बसेको स्थायी कमिटी बैठकले गठबन्धनको सरकारलाई न्यूनतम साझा कार्यक्रम र साझा प्रतिबद्धताहरुमार्फत् अगाडी बढाउनुपर्ने भएकाले साझा प्राथमिकताका कार्यक्रम र प्रतिबद्धताहरु तय गर्न आह्वान गरेको हो ।

बैठकले विगतको सरकारले देखाएको आचरण अबको गठबन्धनको सरकारले देखाउनु नहुने र विगतमा गरिएका प्रतिबद्धता अनुरुप अगाडी बढ्नुपर्नेमा जोड दिएको पनि प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो ।

उहाँले भन्न्नुभयो – ‘हामीमा हिजो जुन प्रवृत्तिका विरुद्ध संघर्ष ग¥यौँ, त्यो कुनै पनि ढंगबाट अब देखिनु हुँदैन । पुनरावृत्ति हुनु हुँदैन । त्यसमा जोड गर्ने भनेर आज हाम्रो पार्टीले त्यसमा जोड दिएको छ । त्यसको निम्ति गठबन्धनको सरकारलाई न्यूनतम साझा कार्यक्रम वा साझा प्रतिबद्धताहरुमार्फत अगाडी बढाउनुपर्ने भएकाले छिटोभन्दा छिटो गठबन्धनका पार्टीहरु सम्मिलित भएर एउटा न्यूनतम साझा कार्यक्रम वा हाम्रा साझा प्राथमिकताका कार्यक्रमहरु र प्रतिबद्धताहरु तुरुन्तै तय गर्न पार्टीले आव्हान गरेको छ । र त्यसै अनुसार कार्यदलका सदस्यहरुलाई निर्देशन दिइएको छ ।’

माओवादीले पार्टी निर्माणको प्रक्रियालाई व्यवस्थित र तिव्र पार्ने निष्कर्ष निकाल्दै केन्द्रीय कमिटीको बैठक साउन २० गते र स्थायी कमिटीको बैठक साउन १७ गते निर्णय पनि गरेको छ ।

त्यसैगरी साउन ९ गते नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्मचार्यको स्मृतिमा केन्द्रीय कार्यालय पेरिसडाँडाँ र देशभरका पार्टी कार्यालयमा कार्यक्रम गर्ने निर्णय पनि गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्