Main News

३९औंँ विपी स्मृति दिवस आज देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदै

हिमालय टिभी
२०७८ साउन ६ गते ९:०५
३९औंँ विपी स्मृति दिवस आज देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदै

६ साउन २०७८ काठमाडौं । नेपाली कांग्रेसका संस्थापक एवं देशको प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला (बीपी कोइराला)को ३९औंँ स्मृति दिवस आज देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ ।

नेपाली कांग्रेसले १४औँ महाधिवेशन तयारी गरिरहँदा यो दिवस जिल्लाको स्थानीय परिस्थितिअनुसार मनाउन परिपत्र गरेको जानकारी मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिनुभयो ।

वि.सं. १९७१ भदौ २४ गते जन्मनुभएका कोइरालाको २०३९ साउन ६ गते क्यान्सर रोगका कारण निधन भएको थियो । राजनीतिमा ‘बीपी’ र नेपाली साहित्यमा ‘विश्वेश्वर’को नामबाट परिचित कोइराला जहानियाँ राणा शासनविरुद्धको क्रान्तिका एक नायक हुनुन्थ्यो ।

उहाँले राजनीतिलाई मूल्य र आदर्शको परिधिमा राख्नुुभयो । राणा शासनको अन्त्यसँगै ३६ वर्षको उमेरमा गृहमन्त्री बन्नुभएका कोइराला २०१५ सालको आमनिर्वाचनमा नेपाली कांंग्रेसले दुई तिहाइ स्थान प्राप्त गरेपछि उहाँ पहिलो निर्वाचित प्रधानमन्त्री हुनुभयो ।

उहाँले जनतालाई सर्वोपरि राखेर गरेको राजनीतिबाट तत्कालीन राजा महेन्द्रलाई सह्य भएन । निर्वाचित सरकारलाई अपदस्त गरी प्रधानमन्त्री बीपीलगायतका नेतालाई सेनाको बलमा आठ वर्ष बन्दी बनाइयो ।

त्यसपछि उहाँ आठ वर्ष प्रवास र फेरि स्वदेश फर्केर पञ्चायतविरुद्ध लड्दा कठोर काराबास र संघर्षमै उहाँको जीवन बित्यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *