Main News

विषाक्त मदिरा सेवनबाट गम्भीर बिरामी भएका दुई जनालाई पोखरा पठाइयो (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन ५ गते १३:१९
विषाक्त मदिरा सेवनबाट गम्भीर बिरामी भएका दुई जनालाई पोखरा पठाइयो (भिडियो रिपोर्टसहित)

५ साउन २०७८ बागलुङ । गलकोट नगरपालिकामा घरेलु रक्सी सेवन गरी गम्भीर बिरामी परेका दुई जनालाई पोखरा पठाइएको छ ।

धौलागिरि अस्पतालमा उपचाररत रहेका रोल्पा सुनिल स्मृति गाउँपालिका–५ गजुलका ३८ वर्षीय खेमराज घर्ती र २६ वर्षीय रविन पुनलाई थप उपचारका लागि पोखरास्थित गण्डकी अस्पताल पोखरा पठाइएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा शैलेन्द्र बी पोखरेलले जानकारी दिनुभयो ।

दुवैको मिर्गाैलामा असर पु-याएको जनाइएको छ । नगरपालिकामा मजदुरी गर्दै आएका चारजना मजदूरको भने आज बिहान मदिरा सेवन गरेका कारण ज्यान गएको थियो । उनीहरुको चार जनाको धौलागिरि अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो ।

रोल्पा सुनिल स्मृति गाउँपालिका–५ का २१ वर्षीय दीपेन्द्र पुन, सोही स्थानका ३९ वर्षीय दूधबहादुर राना, ५१ वर्षीय रेखबहादुर राना र ३० वर्षीय प्रवीन घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिनुभयो । प्रहरीले मदिरा पसल सञ्चालक तथा पसलका खाद्य सामग्री नियन्त्रणमा लिएको छ ।

१४ जनामध्ये ६ जना मजदुरले स्थानीय मिलन किराना पसलमा घरेलु मदिरा, चाउचाउ, दालमोठ र बिस्कुट खाएका थिए । उनीहरुले पहिले पनि सोही पसलमा मदिरा खाने गरेको पाइएको छ ।

रक्सी खाइसकेपछि स्वाद फरक भएको भन्दै उनीहरुले वान्ता गरेको अन्य मजदुुरले बताएका छन् । पसल संचालक भद्रबहादुर थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.