Main News

आगामी साउन ३ गते आइतबारका लागि दुवै सदनको अधिवेशन आव्हान

हिमालय टिभी
२०७८ असार ३१ गते २०:२३
आगामी साउन ३ गते आइतबारका लागि दुवै सदनको अधिवेशन आव्हान

३१ असार २०७८ काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को बिहीबारको सिफारिसमा आगामी साउन ३ गते संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गर्नु भएको छ ।

नेपालको संविधानको धारा १५७ को उपधारा (१) बमोजिम नेपाल सरकारका सिफारिशमा आइतबार अपराह्न ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन आह्वान गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

मन्त्रिपरिषद्‌को बैठकले साउन ३ गते प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिसको निर्णय गरेको थियो ।

मन्त्रिपरिषद्को सिफारिसमा जेठ ८ गते राष्ट्रपति भण्डारीले दोस्रोपटक प्रतिनिधिसभा विघटन गर्दै निर्वाचनको मिति तोक्नु भएको थियो ।

तर प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा असार २८ गते सर्वोच्च अदालतको फैसलाले प्रतिनिधिसभा बूँतिएको थियो । राष्ट्रिय सभाको अधिवेशन पनि असार २८ गते अन्त्य गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *