Main News

निवर्तमान प्रधानमन्त्री ओलीले आज बालुवाटार छोड्दै, ११ बजे बालकोट जाने

हिमालय टिभी
२०७८ असार ३० गते ७:३३
निवर्तमान प्रधानमन्त्री ओलीले आज बालुवाटार छोड्दै, ११ बजे बालकोट जाने

३० असार २०७८ काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली आज आफ्नो निजी निवास बालकोट फर्किने हुनुभएको छ ।

नयाँ प्रधानमन्त्री शेरबहादुर देउवाको नियुक्ति र पदभार ग्रहणपछि ओली आज आफ्नो निवास फर्कन लाग्नुभएको हो । ओलीको स्वकीय सचिवालयले आज बिहान ११ बजेको साइतमा बालकोट प्रस्थान हुने जनाएको छ ।

करिब दुई तिहाई मतसहित २०७५ फागुन ३ गते प्रधानमन्त्री हुनुभएका ओली सर्वोच्चको परमादेशसँगै पदमुक्त हुनुभएको थियो ।

झण्डै साढे तीन वर्ष सरकारी निवास बालुवाटार बसेका ओलीलाई सर्वोच्च अदालतले पदमुक्त गर्दै ुघर पठाउने फैसला गरेको हो । ओलीलाई युवा विद्यार्थीले बालकोटमा स्वागत गर्ने तयारी गरेका छन्।

एमाले नेता महेश बस्नेतको समन्वयमा ओलीलाई बालुवाटारदेखि बालकोटसम्म -यालीसहित लाने तयारी भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *