Main News

आज मुलुकभरको मौसममा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा पानी पर्ने सम्भावना

हिमालय टिभी
२०७८ असार २७ गते ८:५८
आज मुलुकभरको मौसममा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा पानी पर्ने सम्भावना

२७ असार २०७८ काठमाडौं । आज मुलुकभरको मौसम सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

अहिले देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी र धेरै भारी वर्षाको सम्भावना रहेको मौसमविद समिर श्रष्ेठले जानकारी दिनुभयो ।

आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *