Main News

दल दर्ता खारेजीको माग गर्नु बादल समूहको विक्षिप्त मानसिकताको उपज: सांसद बिडारी

हिमालय टिभी
२०७८ असार २५ गते १८:५२
दल दर्ता खारेजीको माग गर्नु बादल समूहको विक्षिप्त मानसिकताको उपज: सांसद बिडारी

२५ असार २०७८ काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद एवं वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले दल दर्ता खारेजी गर्ने बादल समूहको कदमलाई विक्षिप्त मानसिकताको उपज भन्नुभएको छ ।

हिमालय टेलिभिजनसितको कुराकानीमा बिडारीले अर्को पाटी छोडेका व्यक्तिले अर्को पार्टीका बारेमा त्यस्ता गतिविधि गर्नु गलत भएको बताउनुभयो ।

एमालेमा हैसियत र कामविहीन भएपछि रामबहादुर थापा, टोपबहादुर रायमाझी लगायत एमाले प्रवेश गरेका पूर्व माओवादी नेताहरु माओवादी केन्द्रका विरुद्ध लागेको बिडारीले टिप्पणी गर्नुभयो । बिडारीले माओवादी केन्द्र बादल समूहले भने जस्तो अवैधानिक नभएको पनि दावी गर्नुभयो ।

पार्टी छोडेर एमाले पसेका बादल, रायमाझी सहित संघीय संसदका ४ जना सदस्यलाई माओवादी केन्द्रले कारवाही गरेपछि त्यसैका आधारमा संसद सचिवालयले पद मुक्त गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *