Main News

विपी प्रतिष्ठानमा आन्दोलन : सरकारी बेवास्ताले समस्या बल्झियो (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असार २४ गते २०:२४
विपी प्रतिष्ठानमा आन्दोलन : सरकारी बेवास्ताले समस्या बल्झियो (भिडियो रिपोर्टसहित)

२४ असार २०७८ काठमाडौं । धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लामो समयदेखि आन्दोलन भइरहेको छ ।

प्रतिष्ठानमा चरम अनिमितता भइरहेको आरोप लगाउँदै चिकित्सक स्वास्थ्यकर्मी पारदर्शिताको मागसहित आन्दोलनमा उत्रिएका हुन् । संघर्षरत पक्षको माग सम्वोधन गर्न सरकारले भने ध्यान दिएको छैन ।

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्वास्थ्यकर्मी तथा चिकित्सकले आन्दोलन ुरु गरेको तीन हप्ता भन्दा बढी भैसकेको छ । सरकारले वार्ताको पहल नगर्दा अहिले आन्दोलन काठमाडौंसम्म विस्तार भएको छ ।

सरकारले असार २१ गते स्वास्थ्य मन्त्रालयका पदाधिकारीलाई सहजिकरण गर्न तोकेको थियो । तर औपचारिक रुपमा वार्ता टोली गठन नगरेको र समस्या समाधानमा चासो नदिएको भन्दै सरकारसँग आन्दोलनरत पक्ष असन्तुष्ट छ ।

कर्मचारी तथा स्वास्थ्यकर्मीले प्रतिष्ठानमा भष्टाचार र अनियमितता भएको भन्दै तत्काल छानविन गरी दोषिलाई कार्वाही गर्न माग गरेका छन् । उनीहरुले स्वास्थ्यकर्मीलाई गत वर्षको जोखिम भत्ता उपलब्ध गराउन, विद्यार्थीको समस्या तत्काल समस्या गर्न, प्रतिष्ठानको आयव्यय पारदर्शी बनाउन पनि माग गरेका छन् । प्रतिष्ठानमा भ्रष्टाचार मौलाइरहेको र नागरिकले स्वास्थ्य सेवा पाउन कठिन भैरहेकाले आन्दोलनमा उत्रनुपरेको चिकित्सक बताउँछन् ।

प्रतिष्ठानका पदाधिकारीको कार्यकक्षमा असार १० गतेदेखि आन्दोलरत पक्षले तालाबन्दी गरेको छ । यसअघि असार १५ गते आन्दोलनरत पक्षसँग वार्ता गर्न प्रतिष्ठानका उपकुलपति मदिरा सेवन गरेर आएको भन्दै विवाद भएको थियो । त्यसयता संघर्षरत पक्षले पदाधिकारीसँग वार्ता हुन नसक्ने अडान राखेको छ । माथिल्लो तहबाटै समस्या समाधानको पहल हुनुपर्ने उनीहरुको माग छ ।

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राजनैतिक संरक्षणमा भ्रष्टाचार र लापर्वाही हुने गरेको आरोप लागिरहेको छ । कर्मचारी र स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएको पनि यति लामो समय भइसकेको छ । तर समस्या समाधानका लागि सरकारले कुनै पहल गरेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *