Main News
कालीगण्डकी डाइभर्सनका बारेमा सर्वोच्चले दियो यस्तो आदेश
२०७८ असार २३ गते १७:०७
्२३ असार २०७८ काठमाडौं । सर्वोच्च अदालतले कालीगण्डकी डाइभर्सन परियोजनासम्बन्धी निर्णय र योजनाको कागजातसहित उपस्थित हुन सरकारलाई आदेश दिएको छ ।
न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले अन्तरिम आदेश जारी गर्ने नगर्नेबारे छलफलका लागि साउन ४ गते सरकार र निवेदक पक्षलाई बोलाएको हो ।
आदेशमा सरकारलाई परियोजनासम्बन्धी निर्णय र स्थलगत योजनासम्बन्धी कागजातसहित उपस्थित हुन भनिएको छ । अधिवक्ता तुलसीराम पोखरेलसमेतले उक्त आयोजना रोक्न अन्तरिम आदेश माग गर्दै सर्वोच्चमा रिट दिनुभएको थियो ।
सर्वोच्चले यो आयोजना अघि बढाउनुको कारण लिखित रुपमा पेश गर्न पनि आदेश दिएको छ ।
प्रतिक्रिया