Main News

ओली राष्ट्रवादमाथि राष्ट्रियसभा बैठकमा उठ्यो यस्तो गम्भीर प्रश्न (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असार २१ गते १८:४५
ओली राष्ट्रवादमाथि राष्ट्रियसभा बैठकमा उठ्यो यस्तो गम्भीर प्रश्न (भिडियो रिपोर्टसहित)

२१ असार २०७८ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशी हस्तक्षेप निम्त्याएको र मुलुकको राष्ट्रिय स्वाधीनताप्रति गम्भीर नभएको भन्दै राष्ट्रिय सभामा चर्को आलोचना भएको छ ।

राष्ट्रिय सभा बैठकमा बोल्दै विभिन्न दलका सांसदले प्रधानमन्त्री ओलीले दावी गर्दै आएको राष्ट्रवादी चिन्तन र सोचमा गम्भीर प्रश्न उठाएका हुन् ।

बैठकमा बोल्दै नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री ओलीमाथि सत्ताका लागि विदेशी हस्तक्षेप निम्त्याएको आरोप लगाउनुभयो । विदेशीको योजना र मिलिभगतमा प्रधानमन्त्रीले संविधान र लोकतन्त्रमाथि आक्रमण गर्दै संसद विघटन गरेको श्रेष्ठको आरोप छ ।

पहिले राष्ट्रवादका कुरा गर्ने प्रधानमन्त्री ओली अहिले भारतसँग लम्पसार परेको श्रेष्ठले दावी गर्नुभयो ।

प्रधानमन्त्री ओलीका कारण राष्ट्रिय स्वाधीनता गम्भीर संकटमा परेको श्रेष्ठले टिप्पणी गर्नुभयो ।

नेपाली कांग्रेसका सांसद रमेशजंग रायमाझीले चुच्चे नक्सार अनुसार नेपालको भूमि फिर्ता ल्याउन पहल नगरेको भन्दै प्रधानमन्त्री ओलीको आलोचना गर्नुभयो । भारतीय गुप्तचर संस्था रअका प्रमुख आएपछि ओली फेरिएको भन्दै उहाँले राष्ट्रवाद कहाँ गयो भने प्रश्न गर्नुभयो ।

राष्ट्रिय सभाका नवनिर्वाचित सांसद डाक्टर खिमलाल देवकोटाले नयाँ नक्सा अनुसार भूमि फिर्ता ल्याउन पहल नभएको र सरकार त्यसका लागि गम्भीर नभएको पनि आरोप लगाउनुभयो ।

प्रधानमन्त्री ओलीमाथि पछिल्लो पटक सत्तामा जान र टिक्न मात्रै राष्ट्रवादको नारा दिएको आरोप लाग्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *