Main News

सांसद ओलीले विपक्षी गठबन्धनमा सहभागी दललाई बाँदरको संज्ञा दिएपछि….(भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असार २१ गते १७:१६
सांसद ओलीले विपक्षी गठबन्धनमा सहभागी दललाई बाँदरको संज्ञा दिएपछि….(भिडियो रिपोर्टसहित)

२१ असार २०७८ काठमाडौं । राष्ट्रियसभा सदस्य कोमल ओलीले राष्ट्रियसभाको बैठकमा सरकार विरोधी मोर्चामा सहभागी राजनीतिक दलहरुलाई बाँदरको संज्ञा दिदै व्यंयात्मक कविता बाचन गर्नुभएको छ ।

राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै राष्ट्रियसभा सदस्य ओलीले मुलुकको कोरोना महामारीको चपेटामा देश र देशबासी परेका बेला सबै राजनीतिक दलहरु एकजुट हुनुपर्नेमा फुटको राजनीतितर्फ उन्मुख भएको बताउनुभयो । धार्मिक, सांस्कृति र प्राकृतिक सम्पत्तिको चर्चा गर्दै उहाँले नेपाली जनतालाई व्यवहारिक शिक्षा नदिन तथा जलस्रोतको धनी भइकन जनतालाई जलस्रोतसँग जोड्न नसक्नुको दोषी वर्तमान सरकार नभई विगतका सरकारहरु भएको बिताउनुभयो ।

उहाँलेभ भन्नुभयो “यो बेलामा राष्ट्रका सबै शक्तिहरु एकठाउँमा उभिनु पर्दैन ? कुन बेला झगडा गर्ने कुन बेलामा मिल्ने भन्ने प्राथमिकता हुँदैन ? यो भन्दा बाँदर चरित्र के हुन्छ ? न आफ्नो घरब बनाउने न अर्काको घर बन्न दिने ? न अरुलाई गर्न दिने न आफुले गरेर देखाउने ? यसरी मुलुकको निर्माण कसरी हुन्छ ? जनताको समृद्धि कसरी हुन्छ ?”

उहाँले आफुले पनि नगर्ने र अर्कालाई पनि काम गर्न नदिने चरित्र राजनीतिक दलहरुमा भएको भन्दै सरकार विरोधी मोर्चामा सहभागी दललाई लक्षित गर्दै ‘बाँदरको जमात र अमृत पानको सपना ’ शीर्षकको कविता बाचन गर्नुभयो ।

उहाँको कविता यस्तो थियो …….

“बाँदरहरुको आफ्नो देश हुँदैन बाँदरहरुको निश्चित भेष हुँदैन ।
छेपाराजस्ता मौसमी रंग बदल्ने बाँदरहरुको स्थायी परिवेश हुँदैन ।
कहिले मिलेका छन् कहिले फुटेका छन्
इर्श्याको भट्टीमा आफैलाई भुटेका छन् ,
आँखाभरी लोभ पापको पिपासा बोकेर
आजकल बेवारिसे बाँदर विनाशका मेलामा जुटेका छन् ।
अलिकति चेतना भएको भए
हामी र हाम्रो भन्न सक्थे
हालेको जग बचाएको भए
सुन्दर घरबास बन्न सक्थे ।
आखिर बाँदर न हुन् ,
भोलिको प्रतिक्षा कहाँ गर्छन् ?
आफ्नै बासमा आगो फुकेर भागाभाग छ आज यिनको ।।।

बाँदरहरु खेती गर्दैनन्, बाली विनाश गर्छन् ।
कहिले ढेडुहरुसँग मिल्छन् कहिले गोइलानहरुसँग मिल्छन् ।
कर्मको कुटो नलगाउने यि बाँदरहरु
अमृतपान गर्ने सपना देख्छन् ।
बाँदरहरुको आफ्नो देश हुँदैन बाँदरहरुको निश्चित भेष हुँदैन ।
छेपाराजस्ता मौसमी रंग बदल्ने बाँदरहरुको स्थायी परिवेश हुँदैन ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *