Main News

ओली तानाशाह बन्न खोजेकाले सबै मिलेर संघर्ष गर्नुपर्ने विपक्षी गठबन्धनका युवा नेताको निष्कर्ष (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असार २० गते १८:४२
ओली तानाशाह बन्न खोजेकाले सबै मिलेर संघर्ष गर्नुपर्ने विपक्षी गठबन्धनका युवा नेताको निष्कर्ष (भिडियो रिपोर्टसहित)

२० असार २०७८ काठमाडौं । विपक्षी गठबन्धनका युवा नेताले प्रधानमन्त्री केपी शर्मा ओली तानाशाह बन्न खोजेकाले सबै मिलेर संघर्ष गर्नुपर्ने स्थिति आएको बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बारम्बार विपक्षी गठबन्धन र तिनका भातृसंगठनका क्रियाकलपाबारे प्रश्न उठाउँदै असन्तुष्टि व्यक्त गरिरहेका बेला उनीहरुले प्रधानमन्त्री ओलीको तानाशाहीविरुद्ध लड्ने थप प्रतिबद्धता जनाएका छन् ।

पाँच विद्यार्थी संगठनले काठमाडौंमा गरेको अन्तरक्रिमा एमालेकै नेपाल–खनाल समूहका नेता जगन्नाथ खतिवडा र रामकुमारी झाँक्रीले प्रधानमन्त्री ओलीका असंवैधानिक कदमविरुद्ध एक भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिदाइ गरेर मात्र नपुग्ने बताउनुभयो । सबै राजनीतिक दल र नेताभित्र लोकतान्त्रक संस्कृति विकसित भए मात्र लोकतन्त्र सुदृढ हुने उहाँले बताउनुभयो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका हिमाल शर्मा र जनता समाजवादी पार्टीका गंगानारायण श्रेष्ठले प्रधानमन्त्री ओली राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिक्रियावादीको गोटी बनेको आरोप लगाउनुभयो ।

प्रधानमन्त्री ओलीका कदमविरुद्ध एक भएको विपक्षी गठबन्धनका पाँच विद्यार्थी संगठनले सरकारविरुद्ध संघर्ष गर्दै आइरहेका छन्। आन्दोलनकै रुपमा उनीहरुले अन्तरक्रिया गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *