राजनीति

नेपाल र ओलीको रिस शान्त नभएसम्म एमाले एकता सम्भव छैनः उपाध्यक्ष गौतम (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असार २० गते १६:३९
नेपाल र ओलीको रिस शान्त नभएसम्म एमाले एकता सम्भव छैनः उपाध्यक्ष गौतम (भिडियो रिपोर्टसहित)

२० असार २०७८ काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले पार्टी अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव कुमार नेपालको रिस शान्त नभएसम्म पार्टी एकता संभव नहुने बताउनुभएको छ ।

राष्ट्रियसभाको बैठकपछि संघीय संसद भवन नयाँवानेश्वरमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाल एक आपसमा रिसाएको र सो रिस शान्त नभएसम्म दोश्रो तहका नेताको प्रयास पनि सार्थक नहुने बताउनुभएको हो ।

आफु भने पार्टी एकता गर्नुपर्छ भनेर अध्यक्ष ओलीतिर लागेको र त्यसका लागि दुवै नेताको रिस शिथिल पार्ने प्रयासमा जुटेको बताउनुभयो । उहाँले सर्वोच्च अदालतको फैसलापछि पार्टी एकता हुने ठोकुवा गर्नुभयो ।

उहाँले भन्नुभयो “एकै ठाउँ भएपछि त एकताको आवश्यकता नै पर्दैन नि । दुईतिर तीनतिर बाँडिएकाहलाई नै एकता गराउने हो । अहिले हाम्रो पार्टीमा माधव, झलनाथ एकातिर केपी एकातिर हुनुभयो । पार्टी एकता गराउनकै निम्ति भनेर म केपी ओलीतिर लाग्या छु । मैले एकताको प्रस्ताव अस्ति केन्द्रीय कमिटीको बैठकमा राखेँ । हलले नै मलाई एकताको प्रयत्न मुख्य कुरा बामदेवले गर्नुपर्छ भन्ने पास गरेको छ । यस्तो बेलामा नआत्तिकन सबै साथीहरुलाई धैर्यधारण गरेर प्रत्यन्त गर्नुहोस् भनेर मैले अरुलाई भनेको छु । म त्यसका लागि प्रयत्नशील छु । लागिरहेको छु । माधव कमरेड धेरै रिसाउनुभएको छ केपी ओली जीसँग, केपी ओली पनि माधवसित बेस्सरी रिसाउनु भएको छ । यी दुईटाको रिस नमर्दासम्म उहाँहरुको मातहतमा रहेका साथीहरुको पनि चिन्ताले काम लाग्नेवाला छैन । म यी दुईटैको रिसलाई कसरी शिथिल बनाउन सकिन्छ हो, त्यतातिर लागिरहेको छु । ”

यस्तो अवस्थामा एकता संभव छ त भन्ने सञ्चारकर्मीको जिज्ञासामा नेता गौतमले संभव भएको तर त्यो सर्वोच्चको आदेश पछि संभव हुने बताउनुभयो ।

उहाँले भन्नुभयो “एकता संभव छ । अहिले संभव नहोला । सर्वोच्चको निर्णय आएपछि एकता संभव होला भन्ने लागेको छ । ”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्