Main News

क्रियाशील सदस्यता छानबिन असारभित्र सक्ने कांग्रेसको दाबी

हिमालय टिभी
२०७८ असार १९ गते १९:१५
क्रियाशील सदस्यता छानबिन असारभित्र सक्ने कांग्रेसको दाबी

१९ असार २०७८ काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले असार मसान्तभित्र सम्पूर्ण काम सम्पन्न गर्ने दाबी गरेको छ ।

१४ औं महाधिवेशनको मिति नजिकिएसँगै छानबिन समितिलाई दबाब बढेको छ । पुराना सदस्यको क्रियाशिल सदस्यको नविकरणमा समस्या नभए पनि नयाँ सदस्य र विभिन्न पार्टी एकिकरण भई समायोजनमा आएकामा विवाद देखिएको छ ।

छानबिन समितिका सदस्य एवं केन्द्रीय सदस्य श्यामप्रसाद घिमिरेले तोकिएको समयमा छानविन गरि सभापतिलाई विवरण बुझाउने बताउनुभयो ।

कांग्रेसको महाधिवेशन आगामी भदौ २३ गतेभित्र अनिवार्य रुपमा गरिसक्नुपर्ने छ । कांग्रेसमा क्रियाशील सदस्यले महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य छानेर पठाउने छन् भने केन्द्रीय समितिका सदस्य स्वतः प्रतिनिधि हुने व्यवस्था छ ।

कांंग्रेसको १४ औ महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने तय भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *