Main News

सरकार राम्रो काम गरेर जनतामाझ लोकप्रिय बन्दै गएको प्रधानमन्त्री ओलीको दाबी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असार १६ गते १८:४३
सरकार राम्रो काम गरेर जनतामाझ लोकप्रिय बन्दै गएको प्रधानमन्त्री ओलीको दाबी (भिडियो रिपोर्टसहित)

१६ असार २०७८ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले राम्रो काम गरेर जनतामाझ लोकप्रिय हुँदै गएको तर त्यसको प्रचार प्रसार हुन नसकेको दाबी गर्नुभएको छ ।

सरकारी निवास बालुवाटारमा दशौँ महाधिवेशन आयोजक कमिटीको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पार्टीभित्रबाटै सरकारविरुद्ध बनेका योजना व्यवहारमा भने भद्धा ढंगले प्रकट हुँदै आएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले सरकारको नेतृत्वको दुई वर्षपछि पार्टीभित्रैबाट पदीय आकांक्षाका लागि असाधारण अस्वस्थता शुरु भएको दाबी गर्नुभयो ।

उहाँले पार्टीभित्रैबाट अनावश्यक झमेला झिक्ने, संसदलाई प्रभावकारी हुन नदिने, विधेयक बन्न नदिएर अल्झाउने काम भएपछि संसद विघटन गरेको बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *