Main News
योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा साढे दुई लाख योगदानकर्ता सूचीकृत
२०७८ असार १४ गते १८:४०
१४ असार २०७८ काठमाडौं । योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा हालसम्म साढे २ लाख जना योगदानकर्ता सूचीकृत भएका छन् ।
सामाजिक सुरक्षा कोषले हालसम्म २ लाख ५१ हजार २९२ योगदानकर्ता सूचीकृत भएको जनाएको हो । कोषमा १४ हजार ५ सय ८० रोजगारदाता सूचीकृत भएका छन् भने ६ अर्ब ३९ करोड ३५ लाख रकम संकलन भएको छ ।
कोषले सञ्चालन गर्ने औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, दुर्घटना तथा अशक्तता योजना, वृद्धावस्था सुरक्षा योजना गरी कुल ११ करोड ६२ लाख रुपैयाँ दाबी भुक्तानी पनि गरेको छ ।
२०७७ माघ २९ गते कार्यविधि संशोधन गरेपछि मात्रै कोषमा १ हजार ३ सय २८ रोजगारदाता र ६४ हजार ९ सय ५६ योगदानकर्ता थपिएका छन् ।
योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा २०७६ साल साउन १ गतेदेखि रकम संकलन हुन थालेको हो ।
प्रतिक्रिया