Main News

संसदले वैकल्पिक सरकार दिन नसक्दा ताजा जनादेशमा जान बाध्य भएको मन्त्री पौडेलको दाबी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असार १२ गते १६:२६
संसदले वैकल्पिक सरकार दिन नसक्दा ताजा जनादेशमा जान बाध्य भएको मन्त्री पौडेलको दाबी (भिडियो रिपोर्टसहित)

१२ असार २०७८ काठमाडौं । गृहमन्त्रालयको समेत जिम्मेवारी सम्हालेका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभाले वैकल्पिक सरकार दिन नसक्दा ताजा जनादेशमा जान बाध्य भएको दाबी गर्नुभएको छ ।

बुटवलमा आज आयोजित कार्यक्रममा उपप्रधानमन्त्री पौडेलले संवैधानिक व्यवस्था अनुसार नै प्रतिनिधिसभा विघटन भएको जिकिर गर्नुभयो ।

दुई तिहाइ बहुमतको सरकार अहिले सामान्य बहुमतसमेत नपाउने अवस्थामा पुगे पनि मन्त्री पौडेलले भने निर्वाचनका माध्यमबाट राजनीतिक स्थिरता कायम गर्ने दाबी गर्नुभयो । त्यसपछि विकासको अभियान सञ्चालन गर्ने उहाँको भनाइ छ ।

मन्त्री पौडेलले संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दालाई सरकारले गम्भिरतापूर्वक हेरिरहेको पनि बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *