Main News

मेलम्चीमा कटान कायमै, आज थप एउटा घर ढल्यो

हिमालय टिभी
२०७८ असार १२ गते १३:२०
मेलम्चीमा कटान कायमै, आज थप एउटा घर ढल्यो

१२ असार २०७८ मेलम्ची । मेलम्ची नदीको मुहान क्षेत्रमा पहिरोले थुनिएर फुटेपछि आएको बाढीले १२ दिनसम्म पनि कटान जारी राखेको छ ।

यही असार १ गते मेलम्ची र हेलम्बुमा तहसनहस बनाएको बाढीले आज बिहान पनि कटान गरी थप एउटा घर ढालेको छ ।

आज बिहान मेलम्ची नगरपालिका ११ मा रहेको गोपाल दुलालको साढे ३ तलाको घर ढालेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिनुभयो ।

घर ढले पनि मानवीय क्षति भने नभएको डीएसपी सापकोटाले बताउनुभयो । प्रहरीको तथ्याङ्क अनुसार १ गते आएको बाढीले मेलम्ची र हेलम्बुमा ५ जनाको मृत्यु भएको छ भने २० जना अझै बेपत्ता छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *