Main News
कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा असार २२ गतेदेखि लगाइने
२०७८ असार ११ गते १६:४६
११ असार २०७८ काठमाडौं । कोरानाविरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाएकालाई असार २२ गतेबाट दोस्रो मात्रा लगाइने भएको छ ।
सरकारले जेठ २५ गतेदेखि २९ गतेसम्म देशभर ६० देखि ६४ वर्ष उमेर समूहका नागारिकलाई भेरोसेलको पहिलो मात्रा लगाएको थियो ।
पहिलो मात्रा लगाएका तीन लाख ७० हजार नागरिकलाई असार २२ गतेबाट दोस्रो मात्रा दिने तय भएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।
साथै, अघिल्ला खोप अभियानमा भेरोसेल खोपको दोस्रो मात्रा लगाउन छुटेकाले समेत सोहि अवधिमा दोस्रो डोज लगाउन पाउने छन् ।
खोप लगाउन यसअघि पहिलो मात्रा लगाएको कार्ड अनिवार्य देखाउनुपर्ने छ ।
प्रतिक्रिया