Main News

बाढी प्रभावितको दीर्घकालिन व्यवस्थापन गर्न सुझाव (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असार ७ गते २०:३८
बाढी प्रभावितको दीर्घकालिन व्यवस्थापन गर्न सुझाव (भिडियो रिपोर्टसहित)

७ असार २०७८ काठमाडौं । बाढी र पहिरोका कारण देशका विभिन्न भूभाग प्रभावित भैरहेका छन् । प्रभावित क्षेत्रका व्यक्ति अहिले अस्थायी शिविरमा बसिरहेका छन् । उनीहरुको दीर्घकालिन व्यवस्थापनका लागि सरकारले तत्कालै योजना बनाउनुपर्ने विज्ञहरुको सुझाव छ ।

वर्षा सुरुभएसँगै बाढी पहिरोका कारण हजारौं व्यक्ति घरवार विहिन भएका हुन्छन् । बाढी प्रभावितहरुले वर्षौदेखि बस्दै आएको थातथलो छोड्नुपर्ने अवस्था आएको छ । तर कहाँ जाने के गर्ने उनीहरुले कुनै निर्णय गर्न सकेका छैनन् ।

कतिपय बाढी पहिरो कम भएपछि आफ्नै थातथलोमा फर्कौँला भन्ने पनि सोचिरहेका छन् । तर बाढी र पहिरो गएका स्थानमा बस्नु उपयुक्त नहुने भूगर्भविद्को सुझाव छ ।

यसअघि ७२ सालको भूकम्पपछि सरकारले केही ठाउँका बस्ती जोखिममा रहेको भन्दै स्थानान्तरण गर्ने भन्दै तयारी गरेको थियो । भूगर्भविद्ले केही ठाउँमा मान्छे बस्नै नहुने भनेका थिए । तर ती मध्येका केही बस्ति र घर सारिए पनि अधिकांशले पुरानै ठाउँमा घर बनाए । उनीहरु जोखिमपूर्ण ठाउमा नै बसे ।

सरकारले मात्र हैन यसरी जोखिमपूर्ण ठाउँमा बस्नेहरुले समेत भूकम्पमा पाएको सास्ती र त्रास बिर्सिएका छन् । त्यसैगरी बाढी पहिरो प्रभावितले पनि अहिलेको त्रास विस्तारै भूल्ने र पुरानै ठाउँमा बस्ने जोखिम छ । त्यसैले सरकारले बाढी पहिरो गइसकेका ठाउँका जोखिमपूर्ण वस्तिलाई सुरक्षित स्थानमा सार्न तत्काल योजना बनाउनु आवश्यक छ ।

अहिले बाढी र पहिरोको चपेटामा परेकाहरु अस्थायी शिविरमा बसोबास गरिरहेका छन् । तर उनीहरुलाई व्यवसाय, खानेपानी, शिक्षा लगायतका सुविधा दिई उपयुक्त स्थानमा राख्नको लागि तयारी गरिनुपर्छ ।

सरकारी तथ्याकं अनुसार यो वर्षको बाढी र पहिरोमा परेर १८ लाख व्यक्ति प्रभावित हुने अनुमान छ । र यो तथ्याकंले मनसुनको मध्य हुँदा धेरै बस्तिहरु बाढी र पहिरोका कारण प्रभावित हुने देखिन्छ । त्यसैले सरकारले प्रभावित हुने बस्तिका बारेमा के गर्ने भनेर अहिलेदेखि नै सरकारले योजना बनाउनुपर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *