Main News

साँस्कृतिक अधोपतन कोरोनाभन्दा खतरनाकः प्रम ओली (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असार ७ गते १८:१२
साँस्कृतिक अधोपतन कोरोनाभन्दा खतरनाकः प्रम ओली (भिडियो रिपोर्टसहित)

७ असार २०७८ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको सभ्यता र संस्कृति गम्भीर संकटमा परेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ ।

अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले साँस्कृतिक अधोपतन कोरोनाभन्दा बढी खतरनाक बनेको बताउनुभयो । संस्कारहीनता र अनुशासनहीनता बढेको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो ।

कोरोना संक्रमण एक दुई वर्षमै नियन्त्रण हुने भए पनि गम्भीर नभए सभ्यता र संस्कृति जोगाउन नसकिने प्रधानमन्त्री ओलीले बताउनुभयो ।

सामाजिक सञ्जालमा हुने टिकाटिप्पणीप्रति पनि प्रधानमन्त्री ओलीले संस्कारहीन भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री ओलीले अहिले योगको महत्व झनै बढेको बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *