Main News

सुदूरपश्चिम प्रदेशसभा बैठक आज पनि बस्दै

हिमालय टिभी
२०७८ असार ७ गते ८:०९
सुदूरपश्चिम प्रदेशसभा बैठक आज पनि बस्दै

७ असार २०७८ धनगढी । सुदूरपश्चिम प्रदेशसभा बैठक आज पनि बस्दै छ ।

प्रदेश सरकारले बजेट एवम् योजना तर्जुमाको ‘रातो किताब’ वितरणमा ढिलाइ गर्दा प्रदेशसभाको बैठक स्थगित भएको थियो ।

आगामी आर्थिक वर्षको बजेट माथिको छलफलका लागि रातो किताब उपलब्ध हुन नसकेपछि हिजोको बैठक स्थगित भएको हो ।

आज सरकारले रातो किताब उपलब्ध गराएपछि बैठक बस्ने प्रदेशसभा सचिवालयका सचिव रामसिंह धामीले जानकारी दिनुभयो ।

प्रदेश सरकारले बैठकमै रातो किताब वितरण गर्ने तयारी गरेको थियो । तर, प्रदेशसभा सदस्यहरूले किताबको अध्ययन नगरी छलफल हुन नसक्ने बताएपछि आज दिउँसो तीन बजे बस्ने गरी बैठक आह्वान गरिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *