Main News

आफूलाई अभियन्ता बताउने ज्वाला संग्रौलासहित तीन जना पक्राउ

हिमालय टिभी
२०७८ असार ६ गते २०:१९
आफूलाई अभियन्ता बताउने ज्वाला संग्रौलासहित तीन जना पक्राउ

६ असार २०७८ काठमाडौं । आफूलाई अभियन्ता बताउने ज्वाला संग्रौलासहित तीन जना पक्राउ परेका छन् । प्रहरी कार्यालयमा महिलामाथि कुटपिट गरेको अभियोगमा उनीहरु पक्राउ परेका हुन् ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार ज्वालासँगै शर्मिला वाइबा र हिमाल उपाध्याय पक्राउ परेका छन् ।

पीडित खुश्बु घिमिरेले दिएको किटानी जाहेरीका आधारमा उनीहरुलाई अभद्र व्यवहारको कसूरमा अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

संग्रौलामाथि ट्राफिक प्रहरी वृत्त, महाराजगञ्जका प्रहरी सहायक निरीक्षक ९असई० मणिकान्त झालाई दुर्व्यवहार गरेको पनि आरोप छ । झालाई संग्रौलाले सरुवा गराइदिने धम्की दिंदै रंगभेदी अभिव्यक्ति दिएकी थिइन् ।

त्यसको चर्को विरोध भइरहेका बेला झाको काज सरुवा भएको थियो । पछि ट्राफिकले पुनः झालाई महाराजगञ्ज नै फिर्ता पठाएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *