Main News

भेमाथाङ पहिरो : हेलम्बुमा अझै २३ जना बेपत्ता

हिमालय टिभी
२०७८ असार ५ गते २०:३९
भेमाथाङ पहिरो :  हेलम्बुमा अझै २३ जना बेपत्ता

५ असार २०७८ सिन्धुपाल्चोकं । हेलम्बु गाउँपालिकाले यही असार १ गते साँझ मेलम्ची खोलामा आएको आकष्मिक र अकल्पनीय बाढीले हालसम्म २३ स्थानीयबासी बेपत्ता भएका जनाएको छ ।

गाउँपालिकाको वडा १ सेमेसिदाङ हिमाल मुनी रहेको भेमाथाङ चौरमा गएको भीषण पहिरो र यसपछि आएको बाढी परी ती स्थानीयबासी बेपत्ता भएका गाउँपालिकाद्वारा आज यहाँ जारी विज्ञप्तिमा उल्लेख छ ।

बेपत्ता हुनेमा चार महिला र १९ पुरुष रहेका छन् । ती मध्ये मेलम्ची खानेपानी आयोजनामा कार्यरत तीन भारतीय र तीन चिनियाँ नागरिक समेत छन् । गाउँपालिकाले शनिबार मानवीय र भौतिक क्षतिको हालसम्मको विवरण पनि सार्वजनिक गरेको छ ।

बाढीमा परी बेपत्ता हुनेको सङ्ख्या अझ बढ्ने जनाइएको छ । गाउँपालिकाले आज नै एक सूचना जारी गरी अझै पहिरो र बाढीको जोखिम रहेको जनाउँदै उच्च साबधानि तथा सतर्कता अपनाउन स्थानीयबासीलाई आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *