Main News

बाढी पहिरोले धेरै क्षति हुनुमा लापरवाही मुख्य कारण (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असार २ गते २०:०९
बाढी पहिरोले धेरै क्षति हुनुमा लापरवाही मुख्य कारण (भिडियो रिपोर्टसहित)

२ असार २०७८ काठमाडौं । वर्षेनी बाढी र पहिरोका कारण नेपालमा धेरै क्षति हुन्छ । यसलाई प्राकृतिक प्रकोप मानिएपनि कतिपय अवस्थामा
सरकारी निकाय र आम नागरिकको लापरवाहीले पनि बढी क्षति हुने गरेको छ ।

सरकारले विपद्को उच्च जोखिममा रहेका जिल्ला पहिचान गरिसकेको छ । यो वर्ष कुनकुन ठाउँ बाढी पहिरोको उच्च जोखिममा छ भन्ने सोध्यो भने सरकारले फटाफट नाम भनिदिन्छ । तराई पहाड हिमालका सबै क्षेत्र बाढी बाढि पहिरो र डुबानको जोखिममा छन् ।

सरकारलाई मात्रै होइन कतिपय समुदायलाई आफूबसेको ठाउँ जोखिममा छ भन्ने थाहा छ । तरपनि वर्षेनी बाढी ,पहिरो लगायतका विपदबाट हुने जनधनको क्षती रोकिएको छैन । जब भारी वर्षा हुन्छ, जोखिम युक्त भनिएका स्थानमा भागाभाग हुन्छ । जब वर्षायाम सकिन्छ त्यही स्थानमा बस्ती बसाउनेक्रम नरोकिदाँ वर्षेनी समस्या भोगिरहनु परेको विपद् विज्ञ बताउँछन ।

भनिन्छ विपद् बाजा बजाएर आउँदैन । तर विपद् आउनु अघि ठाउँका बारेमा अध्ययन गरी जानकारी लिन सकिन्छ र सुरक्षित हुन सकिन्छ । तर कुन ठाउँ सुरक्षित छ , र कुन ठाउँ असुरक्षित छ भन्ने अध्ययन नगरी बस्ती बसाल्दा समस्या आएको छ । विपद् जोखिम न्यूनिकरणका दीर्घकालीन योजना बनाउन ध्यान नदिनुनै अहिलेको मुख्य समस्या हो ।

अहिले अधिकाशं जिल्ला बाढी र पहिरोको चपेटामा छन् । अन्य जिल्ला पनि मनसुन सक्रिय भएसँगै बाढी पहिरोको उच्च जोखिममा छन् । विपत्ती आएपछि क्षति विवरण संकलन गर्ने र रेकर्ड राख्नुभन्दा पनि जोखिम कम गर्न ध्यान दिनुपर्छ र, त्यसका लागि विज्ञहरुले भने जस्तै कार्यशैली र सोच फेरिनु जरुरी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *