Main News

कोरोना संक्रमणबाट थप ५२ जनाको मृत्यु, २८२८ संक्रमित थपिए

हिमालय टिभी
२०७८ असार २ गते १६:५०
कोरोना संक्रमणबाट थप ५२ जनाको मृत्यु, २८२८ संक्रमित थपिए

२ असार २०७८ काठमाडौं । नेपालमा थप ५२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ८ हजार ५ सय ५८ पुगेको छ ।

थप २ हजार ८ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले ८ हजार ६ सय ८७ जनाको पीसीआरबाट कुल २ हजार १४ र एन्टीजेन ४ हजार ३ सय ३५ जनाको एन्टिजेन परीक्षणबाट ८ सय १४ गरी कुल २ हजार ८ सय २८ जना संक्रमित थपिएको जानकारी दिएको हो ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ६२ हजार १३७ पुगेका छन् । त्यस्तै अहिले नेपालमा ९०२ जना कोरोना संक्रमित आइसीयुमा उपचारत रहेका मध्ये २७९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ८२ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ८८ दशमलव ५ रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *