Main News

पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई थप उपचारका लागि दिल्ली लगियो

हिमालय टिभी
२०७८ असार २ गते १३:०३
पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई थप उपचारका लागि दिल्ली लगियो

२ असार २०७८ काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई थप उपचारका लागि नयाँदिल्ली लगिएको छ ।

खनाललाई आज दिउँसो दिल्ली लागिएको खनालको सचिवालयले जनाएको छ । खनालको उपचार दिल्लीको एपोलो अस्पतालमा हुने छ । जेठ ३१ गते स्वास्थ्यमा अचानक समस्या आएपछि नेता खनाललाई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।

उच्च ज्वरो र रगतमा हेमोग्लोबिनको मात्रा कम भएपछि खनाललाई नर्भिकमा भर्ना गरेर उपचार गरिएको थियो । खनाललाई प्रोस्टेट ग्रन्थी र मिर्गौला सम्बन्धी समस्या देखिएको छ।

अपोलोमा खनालको नियमित उपचार हुँदै आएको छ। अपोलोका चिकित्सकसँगको परामर्श अनुसार थप उपचारका लागि उहाँलाई उतै लगिएको सचिवालयले जनाएको छ ।

यसअघि अपोलोमा उपचार भैरहेकै अवस्थामा खनालको मिर्गौलाले काम गर्न छाडको बताइएको थियो।

खनाललाई यसअघि कोरोना संक्रमण भएको थियो। कोरोनामुक्त भएपछि अस्पतालबाट घर फर्केर खनाल आराम गरिरहनुभएको थियो ।

त्यसअघि टाउको हल्लिने समस्याको खनालले एपोलो अस्पतालका साथै चीनको बेइजिङमा समेत उपचार गराउनुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *