Main News

काठमाडौंमा स्थगित खोप अभियान आजदेखि पुनः शुरु गरिँदै

हिमालय टिभी
२०७८ जेठ ३१ गते ८:००
काठमाडौंमा स्थगित खोप अभियान आजदेखि पुनः शुरु गरिँदै

३१ जेठ २०७८ काठमाडौं । काठमाडौं महानगरपालिकामा स्थगित कोरोना भाइरसविरुद्धको खोप अभियान आजदेखि पुनः खोप लगाइने भएको छ ।

महानगरपालिकाका ६० र ६१ वर्ष उमेर समूहका नागरिकलाई चिनियाँ भेरोसेल खोपको पहिलो मात्रा पुनः लगाइने भएको हो । जेठ २५ गतेबाट काठमाडौं उपत्यकासहित देशभर शुरु भएको खोप अभियान काठमाडौंमा स्थगित भएको थियो ।

दुई दिन खोप अभियान सञ्चालन भएपछि जेठ २७ गते काठमाडौं महानगरपालिकाले सूचना जारी गर्दै खोप अभियान रोकिएको जानकारी दिएको थियो । रोकिएको खोप अभियान काठमाडौंमा आज र भोलि लगाइने भएको छ ।

आइतबार सूचना जारी गर्दै महानगरपालिकाले ६०–६१ वर्ष उमेर समूहका नागरिक भेरोसेलको पहिलो मात्रा लगाएका व्यक्ति, कोरानाका बिरामीको उपचार जाँच र प्रत्यक्षा उपचारमा संलग्न चिकित्साकर्मी, प्यारा मेडिक्सका विद्यार्थीलाई भेरोसेल खोपको पहिलो मात्रा लगाउन अनुरोध गरेको छ ।

यसभन्दा अघि उक्त खोप जेठ २८ र २९ गते लगाइने कार्यक्रम थियो । तर, विशेष कारण देखाउँदै खोप अभियान स्थगित गरिएको थियो । खोप अभियान बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन हुने शहरी स्वास्थ्य तथा खाद्य नियमन विभागले जनाएको छ ।

खोप वीर अस्पताल रत्नपार्क, शिक्षण अस्पताल महाराजगञ्ज, वीरेन्द्र सैनिक अस्पताल छाउनी र निजामती कर्मचारी अस्पताल नयाँ बानेश्वरमा लगाइने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *