Main News

काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउँदै लम्बियो, केके खुल्यो, केके बन्द ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ जेठ ३० गते २०:२३
काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउँदै लम्बियो, केके खुल्यो, केके बन्द ? (भिडियो रिपोर्टसहित)

३० जेठ २०७८ काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै एक हप्ताका लागि निषेधाज्ञा थपिएको छ । तर असार १ गतेदेखि ७ गतेसम्म थपिएको निषेधाज्ञालाई केही खुकुलो बनाइएको छ ।

कोरोना भाइरसको जोखिम घटिनसकेको निष्कर्षसहित काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले निषेधाज्ञा असार ७ गते सम्म बढाएको छ । यद्यपि संक्रमण दर कम हुँदै गएकाले निषेधाज्ञा केही खुकुलो पारिएको छ ।

पराजुलीका अनुसार अब तरकारी तथा खाद्यान्न पसल बिहान ११ बजेसम्म खुल्नेछन् । शैक्षिक सत्र सुरु हुने बेला भएकाले प्रशासनले पुस्तक पसल पनि खोल्न दिने निर्णय गरेको छ । जस अनुसार पुस्तक पसल बिहान ११ बजेसम्म खुल्नेछन् ।

केके खुल्यो ?
–तरकारी, फलफूल, खाच्यान्न, दूध डेरी, मासु, खानेपानी, ग्यास पसलहरु, किराना पसल, डिपार्टमेन्टल स्टोर, पुस्तक पसल र प्रिन्टिङ प्रेस बिहान ११ बजेसम्म खुल्ला हुने
–छड, सिमेन्ट, बिजुलीका सामानका पसल दिउँसो ४ बजे पछि सञ्चालन हुने
–अनलाइन तथा टेक अवे सेवा र होम डेलिभरी सेवा बेलुकी ७ बजेसम्म सञ्चालन हुने
–स्वास्थ्य मापदण्डको परिपालना गरी कृषि कार्य गर्न सक्ने र सो कार्यका लागि मल, बीउ बिजन, कृषि औजारका सामग्रीहरुको सहज ढुवानी हुने
–राति ९ बजेदेखि बिहान ११ बजेसम्म निर्माण सामग्री ढुवानी गर्न पाइने

केके गर्न पाइँदैन ?
–सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाचघर
–क्लब, स्वीमिङ पुल, मनोरञ्जन स्थल, सैलुन, ब्यूटी पार्लर, हेल्थ क्लब, फुटसल, जिमखाना, पुस्तकालय, संग्रहालय
–चिडियाखाना, रंगशालामा हुने दर्शक सहितको खेलकुद र मानिसहरुको भिडभाड हुने अन्य सबै प्रकारका कार्यक्रम

अनलाइन होम डेलिभरी सेवा पनि सञ्चालन हुनेछन् । व्यवसायिक गतिविधि लामो समयदेखि ठप्प रहेकाले बजार पसल खुला गर्ने नयाँ नियम जारी गरिएको छ ।

दिउँसो ४ बजेपछि हार्डवेयर पसल खोल्न पाइनेछ। विभिन्न मुलुकमा जानका लागि भिसा लिने प्रयोजनमा निस्किने व्यक्तिलाई पनि सहजीकरण गर्ने निर्णय भएको छ । वर्कसपलाई विहान देखि राति ९ बजेसम्म खुल्न दिने निर्णय भएको छ ।

सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाचघर क्लब, स्वीमिङ पुल, मनोरञ्जन स्थल, सैलून, ब्यूटी पार्लर, हेल्थक्लब, फुटसल, जिमखाना, पुस्तकालय, संग्रहालय सञ्चालन गर्न पाइने छैन ।

त्यस्तै चिडियाखाना, रंगशालामा हुने दर्शक सहितको खेलकुद र मानिसहरुको भिडभाड हुने अन्य सबै प्रकारका कार्यक्रम खुला स्थानमा मानिसहरु भेला जम्मा हुन, भिडभाड गर्न, सभा जुलुस, जात्रा, महोत्सव, भोज भतेर आदि गर्न गराउन पाइने छैन् ।

विवाह, व्रतबन्ध तथा सामूहिक रुपमा गरिने सांस्कृतिक कार्यहरु होटल तथा पार्टी प्यालेसमा गर्न पाइने छैन । विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्र ले भौतिक उपस्थितिमा पठन पाठन तथा परीक्षाहरु संचालन गर्न गराउन पाइने छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *