Main News

कोरोनामा दैनिक ज्याला मजदुरी गरेर गुजारा गर्ने वर्गको विचल्ली (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ जेठ २९ गते २०:२९
कोरोनामा दैनिक ज्याला मजदुरी गरेर गुजारा गर्ने वर्गको विचल्ली (भिडियो रिपोर्टसहित)

२९ जेठ २०७९ दाङ । निषेधाज्ञाका कारण आमनागगरिकको जनजीवन प्रभावित छ । त्यसमा पनि दैनिक ज्याला मजदुरी गरेर गुजारा गर्ने वर्गको विचल्ली नै भएको छ । निषेधाज्ञाले कामसँगै आम्दानी रोकिएपछि कञ्चनपुरको भिमदत्त नगरपालिकाको वडा नम्बर १८ कटानमा बस्दै आएका सुकुम्बासी परिवार पनि अहिले समस्यामा छन् ।

निषेधाज्ञाका कारण काम खोसिएपछिको पीडा सुनाउँदै हुनुहुन्छ भीमदत्त नगरपालिका वडा नम्बर १८ का शंकर पार्की । निषेधाज्ञाका कारण घरबाहिर निस्कन नपाएपछि शंकरलाई हातमुख जोर्नै समस्या भएको छ । कहिले ऐंचोपैचो गरेर त कहिले आधा पेट खाएर दिन काट्नु परेको उहाँको गुनासो छ ।

भीमदत्त नगरपालिका वडा नम्बर १८ कटानमा बस्दै आएका सुकुम्बासी परिवारको आम्दानीको स्रोत नै दैनिक ज्यालादारी हो । अहिले त्यो बन्द छ । यसका कारण सुकुम्बासी बस्तीमा भोकमरी निम्तिएको छ ।

निषेधाज्ञाले काम खोसिएकालाई सरकारले कुनै राहत नदिएकोमा यहाँका बासिन्दाको चित्त दुखेको छ ।

पोहोर साल भीम दत्त नगरपालिकाले यहाँ दुई पटक राहत वितरण गरेको थियो । त्यसले सुकुम्बासी र विपन्न परिवारलाई केही राहत भएको थियो । तर यो वर्ष राहत दिने अवस्था नरहेको भन्दै स्थानीय सरकार संघीय सरकारलाई देखाएर पन्छिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रत्येकजसो भाषणमा कोही पनि नेपाली भोकै बस्नु नपर्ने बताइरहनु हुन्छ । तर अहिले दैनिक ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्ने वर्ग दुई छाक खानाको खोजीमा तडपिइरहेको छ ।

भिडियो रिपोर्ट हेर्न यो लिङ्कमा क्लिक गर्नुहोला

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *