Main News

खोप लगाउन पाउनेहरु दंग, नपाउने निरास भएर फर्किए (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ जेठ २५ गते २०:३३
खोप लगाउन पाउनेहरु दंग, नपाउने निरास भएर फर्किए (भिडियो रिपोर्टसहित)

२५ जेठ २०७८ काठमाडौं । कोरोनाविरुद्धको खोप लगाउन नागरिकको उत्साहजनक सहभागिता देखिएको छ । तर केन्द्रमा पुगेर उमेरका कारण खोप लगाउन नपाउनेहरु भने असन्तुष्ट देखिएका छन् ।

काठमाडौं महानगरपालिकाका केदारनाथ र कौशिला गौतम वडा नम्बर १० मा रहेको खोप केन्द्रमा पुग्नुभयो । तर उहाँहरुले खोप लगाउन भने पाउनु भएन । किनभने कौशिला ८० वर्ष र केदारनाथ ८५ वर्ष भइसक्नुभएको छ । आफुहरु सरकारले तोकेभन्दा पनि बढी उमेरका भएकाले खोप लगाउन पाए हुन्थ्यो भन्ने उहाँहरुको चाहना छ ।

खोप लगाउन नपाए पनि कौशिला र केदारनाथ आफ्नो छोराबुहारीसँगै घर फर्कनूभयो । तर सरकारी मापदण्डमा परेर खोप लगाउन पाउनेहरु भने उत्साहित देखिएका थिए । ढिलै भए पनि खोप लगाउन पाउँदा ६१ वर्षीया शान्ता थापाको आत्मबल बढेको छ ।

कोरोनाविरुद्धको खोप लगाउन पाउने हो कि हैन भन्ने चिन्ता धेरै जेष्ठ नागरिकमा छ । सरकारले खोप अभियान फेर शुरु गरेपछि उनीहरु खुसी छन् ।

काठमाडौं उपत्यकामा खोप लगाउन उमेर समूह अनुसार दिन छुट्याइएको छ । यो पटकको अभियान व्यवस्थित रुपमा संचालन भइरहेको काठमाडौं महानगरका अधिकारी बताउँछन् ।

मंगलबारदेखि शुरु भएको खोप अभियान जेठ २९ गतेसम्म सञ्चालन हुने छ । खोप लगाउन जाँदा उमेर खुलेको फोटो भएको सरकारी कागज वा सम्बन्धित वडाको सिफारिस लिएर जानुपर्नेछ ।

भिडियो हेर्न यो लिङ्कमा क्लिक गर्नुहोला

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *