Main News

प्रयोग गरेपछि अक्सिजन सिलिण्डर फिर्ता गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

हिमालय टिभी
२०७८ जेठ २५ गते १५:०५
प्रयोग गरेपछि अक्सिजन सिलिण्डर फिर्ता गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

२५ जेठ २०७८ काठमाडौं । स्वास्थ्य मन्त्रालयले अक्सिजन सिलिन्डर प्रयोग गरेपछि फिर्ता गर्न सबैलाई आग्रह गरेको छ ।

घर, टोलटोलमा, विभिन्न आइसोलेसन सेन्टरमा पुगेका अक्सिजन सिलिन्डर फिर्ता नहुँदा जटिल प्रकृतिका संक्रमितलाई समस्या परेपछि मन्त्रालयले आज यस्तो आव्हान गरेको हो ।

सिलिन्डर समयमै भर्न नसक्दा अक्सिजन व्यवस्थापन प्रणालीमै असर पुगेको मन्त्रालयले जनाएको छ । उसले जुनसुकै व्यक्ति, निकायले जुनसुकै बाहानामा अक्सिजन सिलिन्डर लगेको भएपनि छिटो भन्दा छिटो सम्बन्धित उद्योगमा फिर्ता गर्न भनेको छ ।

त्यस्तै अस्पताललाई अक्सिजन सिलिन्डर भरेर राख्न, अक्सिजन प्लान्ट वा ट्याकंर मर्मत गर्न र प्लान्ट जतिसक्दो चाँडो जडान गरी पूर्ण क्षमतामा सञ्चालन गर्न समेत मन्त्रालयले निर्देशन दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *