Main News
ऊर्जामन्त्री भण्डारी र महिला तथा बालबालिकामन्त्री चौधरीद्वारा पदभार ग्रहण
२०७८ जेठ २३ गते १७:२४

२३ जेठ २०७८ काठमाडौं । जनता समाजवादी पार्टी जसपाका महन्थ ठाकुर समूहबाट सरकारमा सहभागी ऊर्जामन्त्री शरतसिंह भण्डारी र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री चन्दा चौधरीले आज पद सम्हाल्नुभएको छ ।
कार्यभार सम्हाल्दै ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री भण्डारीले केपी शर्मा ओली नेतृत्वको सरकारले आफ्ना माग पूरा गरेकाले सरकारमा सहभागी भएको बताउनुभयो ।
यसैगरी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री चन्दा चौधरीले देशमा विद्यमान दाइजो प्रथा र बालविवाह अन्त्यका लागि काम गर्ने बताउनुभयो ।
जसपाको ठाकुर समूह सुक्रबार राजेन्द्र महतोको नेतृत्वमा ८ मन्त्री र दुई राज्यमन्त्रीसहित सरकारमा सहभागी भएको थियो ।
प्रतिक्रिया